
२४ कात्तिक , काठमाडो । मोरङको उर्लाबारी नगरपालिका ३ मंगलबारे धिमाल टोल स्थितबाट एक जनालाई लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।


पक्राउ पर्नेमा सोही स्थानका २३ बर्षीय सबिन लिम्बु रहेका छन् ।

हिजो बेलुका ७ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर १ ग्राम ४३० मिलीग्राम र नगद रु ५० हजार ४ सय सहित पक्राउ गरेको हो । पक्राउ परेका उनको थप अनुसन्धान भइरहेको छ ।



