Comments Add Comment

Advertisment

SKIP THIS

‘विप्लव’ नेतृत्वको नेकपाले निर्वाचन बहिस्कार गर्ने

६ असोज , काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ४ गते हुने निर्वाचन बहिष्कार गर्ने जनाएको छ । पार्टीभित्र निर्वाचनमा भाग लिने/नलिने दुई धार देखिँदै आएपनि अहिले आएर चुनाव बहिष्कार गर्ने निर्णयमा पुगेको हो ।

सरकारले चुनावमा जाने वातावरण नबनाएकाले बहिष्कार गरिएको पार्टीका केन्द्रीय सदस्य असल क्षेत्रीले बताएका छन् । उनले चुनावलाई उपयोग गर्नुपर्छ भन्ने रहेपनि सरकारले कहिले पक्राउ पुर्जी जारी गरेर धम्क्याउँने र कहिले बन्दी रिहा र मुद्दा फिर्ता नगरेर सताउँने गरेकाले निवाएचन बहिष्कार गर्ने निर्णयमा पुगेको उनको भनाइ छ ।

सरकारले गत साउनमा विप्लवसहित शीर्ष नेताहरुलाई पक्राउ पुर्जी जारी गरेपछि असोज १ गतेदेखि गर्ने भनिएको ९औं महाधिवेशन समेत प्रभावित भएको थियो ।

विप्लव नेतृत्वको नेकपाले असोज १ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, सरकारले पक्राउ पुर्जी जारी गरेपछि स्थगित भएको विप्लव नेतृत्वको नेकपाको महाधिवेशन अनिश्चित बनेको छ ।

विप्लव समूहले गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा भने स्वतन्त्र उम्मेदवारी दिएर भाग लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै