Comments Add Comment

Advertisment

SKIP THIS

के गठबन्धन सरकारले प्रहरीमा ‘कम्फर्टेबल’ आईजीपी खोजेको हो ?

१५ माघ , काठमाडौ । नेपाल प्रहरीमा महानिरीक्षक शैलेश थापा क्षेत्रीपछि रोलक्रममा एआईजी विश्वराज पोखरेल छन् । उनी महानिरीक्षक थापा क्षेत्रीका ब्याची एआईजीहरु हरिबहादुर पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्कीपछि पहिलो नम्बरमा छन् । यस्तै उनी अर्का एआईजी सहकुुलबहादुर थापा भन्दा करिब आठ महिनाअघि एआईजी बढुवा भएका हुन् ।

एआईजीद्वय पोखरेल र थापा दुवै जना केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला आफ्नै जोडबलमा एकल बढुवा गर्न सफल भएका अधिकारी हुन् । एआईजी पोखरेल रिक्त रहेको स्थानमा बढुवा भए पनि थापाका लागि भने दरबन्दी थपेर बढुवा गरिएको थियो ।

तर, प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणसहित गठबन्धनभित्र यी दुईबाहेक तेस्रो व्यक्तिलाई समेत महानिरीक्षकको प्रतिस्पर्धामा उभ्याउने योजनाका कारण फेरि एकपटक प्रहरी संगठन राजनीतिक दाउपेचको शिकारसँगै आन्तरिक भाइचारामा गम्भीर असर पुुग्ने पूर्वानुमान विश्लेषकसहित पूर्व प्रहरी अधिकारीहरुले गरिरहेका छन् ।

तीनै तहका निर्वाचन लक्षित ‘आईजीपी’

सत्तासीन गठबन्धनले आगामी तीनै तहको निर्वाचनलाई ध्यानमा राखेर नेपाल प्रहरीको नेतृत्वमा आफूअनुकूलको ‘कम्फर्टेबल’ महानिरीक्षक ९आईजीपी० ल्याउने तयारी थालेको चर्चा यतिबेला सिंहदरबार र राननीतिक वृत्तमा छ ।

हालका प्रहरी महानिरीक्षक थापा क्षेत्रीको कार्यकाल आगामी वैशाखमा सकिने भएकाले त्यसपछि बन्ने महानिरीक्षक चुनावमा पनि सहयोगी हुने गरी सरकारले नियुक्त गर्ने तयारी गरेको हो ।

यसका लागि सरकारले नेपाल प्रहरीमा ३ देखि ५ एआईजी दरबन्दी थप्ने तयारी गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्रहरीमा संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) पुनरावलोकनका लागि सैद्धान्तिक स्वीकृति पनि दिइसकेको छ । मन्त्रिपरिषद्को सार्वजनिक भएको निर्णयमा समेत संख्या र पद खुलाइएको छैन । यसले उसलाई प्रहरीभित्र पद थपघटको खेल खेल्न सजिलो हुनेछ ।

सरकारले एआईजीको संख्या थप्ने तयारी गरिरहँदा यो निर्णय नेपाल प्रहरीमा विगतदेखि हुँदै आएको राजनीतिक हस्तेक्षपरुपी विकृतिको अर्को उदाहरण हुने मात्र छैन, आईजीपी बन्ने प्रतिस्पर्धामा अस्वस्थ प्रतिस्पर्धादेखि असन्तुष्टिहरु बढ्नेछ ।

साथै, आईजीपी नियुक्तिको विषयमा पनि सरकारलाई थुप्रै कानुनी अप्ठ्यारा आउनेदेखि असन्तुष्ट अधिकारीहरुको राजीनामाले प्रहरीमा अरु ‘रमेशप्रसाद खरेल’हरु जन्माउने अवस्था आउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै