Comments Add Comment

Advertisment

SKIP THIS

सातामा ५.१७१ प्रतिशतले घट्यो नेप्से : २८ अर्ब ९८ करोडको कारोवार

१५ माघ , काठमाडौ । यो साता शेयर कारोवार रकम गत साताको तुलनामा घटेको छ । नेप्से यो साता पाँच दिन नै खुल्ला रहेकोमा भएपनि लगातार चार दिन नेप्से घटेको थियो । सोही आधारमा यो साता शेयर कारोवार रकम पनि घटेको हो ।

जसअनुसार नेप्से २७ सय ७९ दसमलव ९८ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि पाँच सय १८ दसमलव ७२ अंकमा पुगेको छ । दुई सय ३३ वटा कम्पनीहरुको यो साता तीन लाख ८५ हजार ५३ पटकको कारोवारमा पाँच करोड ७५ लाख ८६ हजार छ सय ९२ कित्ता सेयर खरिद बिक्री हुदा कुल कारोवार रकम २८ अर्ब ९७ करोड १२ लाख ६१ हजार आठ सय चार रुपैयाँ पुगेको छ । यो कारोवार रकम गत साताको तुलनामा कम हो ।

गत साता भने नेप्सेमा दुई सय २९ वटा कम्पनीहरुको चार लाख ७३ हजार सात सय ७० पटकको कारोवारमा सात करोड ६५ लाख ६० हजार छ सय २७ कित्ता सेयर किनबेच कारोवार रकम ३७ अर्ब ८१ करोड ६० लाख ५९ हजार पाँच सय ७९ रुपैयाँ पुगेको थियो । नेप्से यो साता पाँच दिन खुल्ला रहेकोमा पाँचौं दिन बढेको थियो भने बाँकी दिनहरुमा लगातार घटेको थियो ।

सो मध्ये पहिलो दिन नेप्से १० दसमलव ८३ अंकले घटेर दुई हजार नौ सय २० दसमलव ५१ अंकमा पुग्दा सेन्सिटिभ भने शुन्य दसमलव शुन्य छ अंंकले बढेर पाँच सय ४३ दसमलव ८० अंकमा पुगेको थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल बंगलादेश बैंक, नबिल बैंक, आदि अगाडि परेका छन् भने सेयर कारोवार भएको संख्याको आधारमा नबिल बैंक, नेपाल टेलिकम, नेशनल हाईड्रो पावर कम्पनी आदि अगाडि परेका छन्। यसैगरी बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि अगाडि परेका छन्।

दैनिक शेयर कारोवार तालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

दोहोरो अङ्कले घट्यो नेप्से

Advertisment

छुटाउनुभयो कि? सबै

दोहोरो अङ्कले घट्यो नेप्से