Comments Add Comment

Advertisment

SKIP THIS

उखुबारीको खाल्डोमा भेटिएका दुवै श,वको पहिचान खुल्यो

१६ माघ , काठमाडौं । मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा खाल्डोमा भेटिएका दुवै शवको पहिचान खुलेको छ । उखुबारीमा गाडेको अवस्थामा प्रहरीले गएको बुधबार राति एकजना र बिहीबार दिउँसो अर्को शव उत्खनन गरेको थियो ।

खाल्डोबाट निकालिएको शवको साथमा भेटिएको कागजातका आधारमा धरान उपमहानगरपालिका–३ घर भई भक्तपुर बस्दै आएका राजेन्द्रकुमार श्रेष्ठको पहिचान खुलेको थियो । यस्तै अघिल्लो दिन बुधबार खाल्डोबाट उत्खनन गरिएको शव सप्तरी घर भएका शम्भु चौधरीको रहेको पुष्टि भएको मोरङका एसपी जनार्दन जिसीले जानकारी दिए । साथै, उनीहरु साथी रहेको समेत खुलेको छ ।

प्रहरीको अनुसन्धानअनुसार बिहीबार अर्को खाल्डोमा भेटिएका सुनसरीको धरान उपमहानगरपालिका–३ घर भएका राजेन्द्र कुमार श्रेष्ठसँगै उनी काठमाडौंबाट मोरङ गएका थिए । उनीहरु दुवैजना जग्गा कारोबार र ठेक्कापट्टा गर्थे । तर, राजेन्द्रका परिवारले चौधरीलाई कहिल्यै पनि सँगै हिँडेको नदेखेको प्रहरीलाई बताएका छन् ।

४९ वर्षका राजेन्द्रकुमार श्रेष्ठ र चौधरी काठमाडौंबाट एक महिनाअघि सँगै बिराटनगर गएको प्रहरीको अनुसन्धानबाट थाहा भएको हो । उखुबारीमा चौधरीको शव निकालिएको ठाउँभन्दा करिब २५ मिटर पर फेला परेका राजेन्द्र कुमार श्रेष्ठको शव भेटिएको थियो ।

श्रेष्ठ भक्तपुरको लोकन्थलीमा परिवारसँग बस्थे । उनका पारिवारका अनुसार राजेन्द्र कुमार श्रेष्ठ बेला–बेला हराइरहन्थे, ८–१० दिनमा घर जान्थे । उनीहरुको हत्या विराटनगरमै भयो अथवा अरु जिल्लामा हत्या गरेर त्यहाँ ल्याएर पुरिएको थियो भन्नेबारे खुल्न सकेको छैन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै