Comments Add Comment

Advertisment

SKIP THIS

प्रदेश १ मा ७ मन्त्रालय फुटाएर १२ वटा मन्त्रालय बनाउने निर्णय

१७ माघ , काठमाडौं । प्रदेश १ सरकारले मन्त्रालयहरु फुटाएर १२ वटा मन्त्रालय बनाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गर्दै प्रदेशमा मन्त्रालय संख्या बढ्ने भएको हो ।

स्रोतकाअनुसार सरकारले सामाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार विकास र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर मन्त्रालय संख्या थप गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद् कार्यविभाजन नियमावली पारित गर्ने निर्णय सरकारले भने गुपचुप राखेको छ । हाल मुख्यमन्त्री कार्यालयसहित ७ मन्त्रालय रहेको प्रदेशमा अब मुख्यमन्त्री कार्यालयसहित १२ मन्त्रालय हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै