Comments Add Comment

Advertisment

SKIP THIS

पुलिस र च्यासलको खेल शनिबार

१७ माघ, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तगर्त नवौं चरणमा हुन नसकेको नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल आगमी शनिबार हुने भएको छ । च्यासल युथ क्लबका १९ जना खेलाडीमा कोभिड-१९ संक्रमण देखिएपछि पूर्व निर्धारित समयमा हुन नसकेको खेल शनिबार गर्ने तयारी भएको अखिल नेपाल फुटबल संघले जानकारी दिएको हो।


 आठ खेलबाट पाँच अंक जोडेको च्यासल यो खेलमा जित निकाल्दै रेलिगेसन जोनबाट माथि उठ्न चाहन्छ । यस्तै, समान खेलबाट सात अंक जोडेको पुलिस पनि तालिकमा माथि उठ्नका लागि जितको लक्ष्यसहित मैदानमा उत्रिने छ ।

खेलाडीमा कोभिड संक्रमण देखिएर स्थगित भएको जारी लिगको यो पहिलो खेल हो । नवौँ चरण सकिँदा लिग तालिकाको शीर्ष स्थानमा मछिन्द्र फुटबल क्लबले चार अंकको स्पष्ट अग्रता बनाएको छ । दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबलको १९ तथा तेस्रो स्थानको त्रिभुवन आर्मी फुटबल क्लबको १७ अंक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै