Comments Add Comment

Advertisment

SKIP THIS

बाढीपहिरोले ब्राजिलमा २४ को मृत्यु

माघ १८,एजेन्सी । ब्राजिलमा दुई दिनदेखिको वर्षासँगैको बाढी पहिरोमा परी कम्तीमा २४ जनाको ज्यान गएको छ । कैयौं विस्थापित भएका र साओपाओलोमा पहिरोमा पुरिएकाको खोजी गरिँदै । 

ब्राजिलको साओपाओलो सहर सबैभन्दा बढी प्रभावित भएको जनाइएको छ । साओपाओलो राज्यका गभर्नर जोयो दोरियाले २४ जना नागरिकको ज्यान गएको पुष्टि भएको जनाउदै वर्षा जारी रहेको जनाएका छन् ।

भारी वर्षाका कारण उद्धारमा कठिनाई भइरहेको जनाए । बाढीपछि राज्यमा आपतकाल घोषणा गरिएको छ । अधिकांश ग्रामिण भेगमा विद्युत सेवा अवरूद्ध भएको छ भने सडक बगाउँदा यातायात प्रभावित भएको जनाइएको छ । मौसमविद्हरुले वर्षा सम्भावन अझै रहेकाले सचेत रहन आग्रह गरेका छन् । यो कान्तिपुर दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै