Comments Add Comment

Advertisment

SKIP THIS

सर्वसाधारणलाई धम्क्याउने, कुटपिट गर्ने र रकम असुल्ने गिरोह पक्राउ

१८ साउन , काठमाडौ । सर्वसाधारणलाई धम्क्याउने, कुटपिट गर्ने र रकम असुल्ने गिरोह पक्राउ परेको छ।काठमाडौंको बौद्ध, जोरपाटीलगायतका स्थानमा समूहमा गई सर्वसाधारणसँग अनावश्यक विवाद गरी डरत्रास, भय सिर्जना गर्नुका कुटपिट र गैरकानूनी रूपमा रकम माग गर्ने गिरोह पक्राउ परेको हो।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोका ३४ वर्षीय श्यामबहादुर लामा, ३६ वर्षीय भीमबहादुर बस्नेत, ३५ वर्षीय गोविन्द गजमेर, ३५ वर्षकै प्रवीण तामाङ र रामेछापका २८ वर्षीय विक्की लामा ‘बाफ्ले’ छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई मंगलबार जोरपाटीबाट पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरूलाई अभद्र व्यवहारअन्तर्गतको कसुरमा थप अनुसन्धानका लागि बुधबार प्रहरी वृत्त, बौद्ध पठाइएको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment