Comments Add Comment

Advertisment

SKIP THIS

तीनकुनेमा प्रहरीको ज्यादती, बाटो हिँड्नेदेखि चिया पसलबाट समेत सर्वसाधारणलाई उठाइयो

८ मंसिर, काठमाडौ । गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानअन्तर्गत घोषित आन्दोलनका थप कार्यक्रम निस्तेज पार्ने नाममा प्रहरीले सर्वसाधारणमाथि ज्यादती गरेको छ ।

तीनकुने क्षेत्रमा पैदल हिँडिरहेकादेखि चिया पसल, होटलमा बसेर खाइरहेकालाई प्रहरीले धरपकड गरेको हो । बाक्लो संख्यामा उपस्थित सुरक्षाकर्मीले शंकास्पद भन्दै खानतलासी गरिरहेका छन् । सर्वसाधारणले आफू काममा हिँडैको भन्दै ‘बाटो हिँड्न पनि नपाउने रु’ भनेर प्रतिवाद गरेका छन् ।

दुर्गा प्रसाईँ समूहका प्रदर्शनकारी भएको आशंकामा प्रहरीले जबर्जस्ती सर्वसाधारणलाई उठाउँदै भ्यानमा हालेको छ । मुख्य बाटोदेखि तीनकुनेसँग जोडिएका गल्लीहरूमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएका छन् । प्रदर्शनकारीहरु खोज्नकै लागि हुलका हुल प्रहरीको दौडधुप देखिन्छ ।

चिया(खाजा खाँदै गरेका सर्वसाधारणलाई प्रहरीले जबर्जस्ती पक्राउ गर्दै अपराधीलाई जस्तो नियन्त्रणमा लिएको छ । अपराधी शैलीमा नियन्त्रणमा लिइरहेको छ । आसपासमा रहेका कार्यालय, घरबेटी, होटल सञ्चालकहरूलाई प्रदर्शनकारीलाई बस्न नदिन प्रहरीले उर्दी जारी गरेको छ ।

दुर्गा प्रसाईँ समूहले शुक्रबार तीनकुने क्षेत्रमा कार्यक्रम गर्ने घोषणा गरेपछि त्यहाँ प्रहरी प्रशासनले निगरानी बढाएको हो । प्रशासनले तीनकुनेमा कार्यक्रम गर्न निषेध गरिएको जनाएको थियो ।

दिउँसोसम्म प्रहरीले तीनकुने क्षेत्रबाट ५० जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment