Comments Add Comment

Advertisment

SKIP THIS

रोल्पामा लागुऔषध सहित एक महिला पक्राउ

१८ माघ, काठमाडौं । प्रहरिले लागुऔषध सहित एक महिलालाई पक्राउ गरेको छ । रोल्पाको लुङ्ग्री गा.पा.वडा नं. ६ गुम्चाल घर भई हाल सुनिलस्मृति गा.पा.वडा नं. ६ रुईनिवाङ स्थित झरना नास्ता पसल गरी वस्ने ३० की झलमलि वुढाथोकीलाई पक्राउ गरेको हो ।

अवैध लागु औषधको कारोवार गरीरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय रोल्पा र ईलाका प्रहरी कार्यालय सुलिचौर रोल्पाबाट खटिएको संयुक्त प्रहरी टोलीले नास्ता पसल खानतलासी गर्दा महिलाको शरिरवाट अवैध लागु औषध ब्राउनसुगर ११ पुरिया २४० मिलिग्राम र ६४ ग्राम लागऔषध चरेश सहित फेला पारी बरामद गरि महिला समेतलाई पक्राउ गरेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै