Comments Add Comment

Advertisment

SKIP THIS

फलामको रड प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ

०६ जेठ , काठमाडौं । व्यास नगरपालिका-३ बिसघरे बस्ने ५४ वर्षीय दिल बहादुर सारुलाई फलामको रड प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा उनकै सालो नाता पर्ने सोही नगरपालिका-१४ बस्ने २१ वर्षीय बिनोद थापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

थापाले एक्कासी फलामको रडले टाउको समेतमा प्रहार गर्दा दिल बहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेलाई समाधान अस्पताल दमौली हुदै थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरामा पठाइएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै