Comments Add Comment

Advertisment

SKIP THIS

झापाबाट ब्राउन सुगरसहित अटोचालक पक्राउ

२९ साउन , काठमाडौ । झापाको बिर्तामोड–४ पुरानो बिजुली अफिस छेउमा लागुऔषध ब्राउन सुगरसहित अटोचालक पक्राउ परेका छन् ।

बिर्ताबजारबाट बुट्टावारीतर्फ जाँदै गरेको मे १ ह २९२१ नम्बरको अटोचालक ४० वर्षिय उमेश चौधरी पक्राउ परेका हुन् । उनको साथबाट ४ ग्राम २ सय मिलिग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

चौधरीलाई थप सोधपुछ गर्दा बिर्तामोड–३ बस्ने प्रतीक्षा चौधरीसमेतको संलग्नता रहेको बताएपछि उनको समेत डेरामा खोजतलास गर्दा थप ५ ग्राम ब्राउन सुगर फेला पारिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै