Comments Add Comment

Advertisment

SKIP THIS

एसपी अधिकारीले ल्याएको जेरी चितवनका सबै प्रहरी कर्मचारीहरूले मिलेर खाए

१९ माघ , काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनले एकदमै फरक किसिमको कार्यक्रम ल्याएको छ । हरेक प्रहरी कर्मचारीले आफूभन्दा उपल्लो दर्जाका हाकिमसँग सबै प्रहरी कर्मचारी सजग,होसियार र अनुशासित देखिन्छन् । त्यसैले पनि हाकिम र तल्लो दर्जाका प्रहरीबीच भेटघाट, बोलचाल, सहभोज बिरलै देख्न पाइन्छ । तर, चितवन प्रहरीले भने कुनै पनि प्रहरी कर्मचारीबीच भावनात्मक दूरी नबढोस् भनेर फरक कार्यक्रम गरेको छ– ‘जवानसँग जेरी ।’

सुन्दा रमाइलो आभाष हुने उक्त शीर्षकलाई आत्मसात् गरेर चितवन प्रहरीले हरेक महिना कार्यक्रम गर्ने गरेको छ । चितवन प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारी शुक्रबार आफ्ना प्रहरी कर्मचारीहरुमाझ देखिए । आसपासमा सिनियर प्रहरी अधिकृत राखेर आदेशात्मक भनाइ राखिरहेका एसपी अधिकारीका सामुन्ने तल्लो दर्जाका प्रहरी कर्मचारीहरु थिए ।

प्रहरी कर्मचारीबीच आपसमा घुलमिल हुन, पारिवारिक सम्बन्ध बनाउन र पुनर्ताजगी हुनका लागि पनि यो कार्यक्रम उपयुक्त रहेको चितवन प्रहरी प्रमुख एसपी अधिकारी बताउँछन् । ‘व्यक्तिगत र सांगठनिक कुराहरु खुलेर भन्नका लागि पनि सहज हुन्छ, उनले भने ।

प्रहरी कर्मचारीको गुनासोहरु पनि सुन्ने÷सुनाउने थलोको रुपमा यस कार्यक्रमलाई लिएको उल्लेख गर्दै, एसपी अधिकारीले भातृत्व विकासका लागि कार्यक्रम फलदायी भएको प्रतिक्रिया दिए । भौतिकरुपमा निकट रहेर एकले अर्कोको कुरा सुन्ने, समस्या पहिल्याउने, समाधान गर्ने वातावरण सृजना हुने भएकाले हरेक महिना यस कार्यक्रम आयोजना गर्ने गरिएको उनको भनाइ छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक भगवान थापाले सधैँ फिल्डमा खटिने प्रहरीबीच सँगै बसेर चिया, जेरी खाँदा आत्मीयता बढ्ने विश्वास व्यक्त गरे ।

‘सधैँ काम काम भनेर दौडिरहने प्रहरीले कहिलेकाहीँ हाकिमसँग बसेर दुःखसुखको कुरा गर्ने, सबैको काम, कर्तव्यबोध गर्ने, एकअर्काप्रति सम्मान गर्ने वातावरण बन्ने गरेको छ, प्रहरी निरीक्षक थापाले भने । यस्ता कार्यक्रमलाई निरन्तरता दिन सकेमा प्रहरीको व्यावसायिकतामा पनि अब्बलता देखिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै