Comments Add Comment

Advertisment

SKIP THIS

आईसीपीलाई रेलमार्गसम्म जोड्न माग

२० माघ, काठमाडौं । भारतको रेल–स्टेसन बथनाहा र विराटनगरको आईसीपीलाई रेलमार्गले जोड्न सरकारी पहल गरिदिन विराटनगरका उद्योगी–व्यवसायीले माग गरेका छन् । कोलकाता बन्दरगाहबाट छुटेको कार्गोरेल विराटनगर भन्सार यार्डसम्म ल्याउन सरकारी चासो आवश्यक रहेको भन्दै उद्योगी–व्यवसायीले यथाशीघ्र पहल बढाउन सरकारसँग माग गरेका हुन् ।

मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले विराटनगरको आईसीपीसम्म रेलमार्ग आइपुगेको अवस्थामा भारतीय पक्षले यार्ड निर्माण अन्तिम चरणमा पु(याएको भन्दै अब कुटनीतिक पहल आवश्यक रहेको बताउनुभयो । उद्योगी–व्यवसायीले निर्माणस्थलको अनुगमन गरेर निर्माण पक्षसँग बुधबार संवादसमेत गरेका छन् ।

अध्यक्ष रिजालले भारतीय रेल–वे विभागले भारतको बथनाहादेखि विराटनगरको आईसीपीसम्मको रेलमार्गको सफल परीक्षण गरिसकेकाले सशक्त कूटनीतिक पहल भएमा आईसीपीसम्म कार्गोरेल ल्याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

भारतीय पक्षले आईसीपी नजिकको रेल स्टेसनमा आगामी मार्चभित्र पक्की यार्डको निर्माण गरिसक्ने जानकारी उद्योगी–व्यवसायीको टोलीलाई गराएको छ । अप्रिलको अन्त्यसम्ममा त्यहाँ कार्गो रेल ल्याउन सकिने अवस्था बन्ने भएकाले सरकारी पहल आवश्यक रहेको उद्योगीहरूको भनाइ छ ।

सङ्घका वरिष्ठ उपाध्यक्ष अनुपम राठीले भौतिक योजना मन्त्रालय, वाणिज्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, रेल विभागलगायतका निकायमा सङ्घको टोली रेलमार्ग सञ्चालनका लागि आग्रह गर्ने बताउनुभयो । विराटनगरको आईसीपीसम्म कार्गो रेल ल्याउन भारतको रेल विभाग पनि सकारात्मक रहेको देखिन्छ, उपाध्यक्ष राठीले भन्नुभयो, दह्रो कूटनीतिक प्रयास नेपालले गर्नुपर्ने हुन्छ । यो समचार गोरखापत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै