२० माघ, काठमाडौं । एक साताको अवधिमा औसतमा ११.८ प्रतिशत बिन्दुले घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले गत साताको तुलनामा कमी आए पनि जोखिम कायमै रहेको बताइन् ।
बुधबार नेपालमा कुल संक्रमणदर ३१.४ प्रतिशत रहेको छ । कुल परीक्षण भएका १९ हजार ५ सय ८२ वटा नमुनामध्ये ३ हजार ६ सय ६७ जनामा संक्रमण पुष्टि भएको हो । यो समाचार आजको नागरिक दैनिकमा छ ।





