Comments Add Comment

Advertisment

SKIP THIS

टेलिकमको वार्षिकोत्सवको अवसरमा दिनभर भीओएलटीई कल निःशुल्क

२१ माघ ,काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले भोलि (शनिबार) आफ्नो १८ औं वार्षिकोत्स्व मनाउँदै छ । यस अवसरमा कम्पनीले २४ सैं घण्टा भोएलटीई कल फ्री को अफर ल्याएको छ ।

एक दिनका लागि मात्र लागू हुने यो अफर प्रयोग गर्दा कुनै चार्ज नलाग्ने कम्पनीले जनाएको छ ।

यो सेवा एक्टिभेट गर्न आफ्नो मोबाइलबाट ८४४४३ डायल गर्नुपर्ने कम्पनीले जनाएको छ । साथै सेवा प्रयोग गर्न सिम र मोबाइल सेट दुवैले भीओएलटीई सपोर्ट गर्ने हुनुपर्छ ।

निःशुल्क कल सुविधा नेपाल टेलिकमको नेटवर्कभित्र गरने कलमा मात्र लागू हुने जनाइएको छ ।

साथै कम्पनीले वार्षिकोत्सवलाई लक्षित गरी डेटा प्याक अफर पनि ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै