Comments Add Comment

Advertisment

SKIP THIS

सारेगमप लिटल च्याम्प्सका प्रतियोगी आदित्यको गायन कलाको चर्चा

२१ माघ , काठमाडौ । संगीतको रियालिटी शो सारेगमप लिटल च्याम्प्स नेपालको चर्चा यतिबेला सर्वत्र छ । आगामी शनिबार हुने फाइनल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेका बेला बाल गायक आदित्य विश्वकर्मा पनि चर्चाको शिखरमा छन् ।

सुमधुर स्वरका धनी ९ वर्षीय आदित्यको जादुमयी स्वर सुनेर आनन्दित नहुने सायदै होलान् । भारतको सिलगुडीदेखि काठमाडौँसम्मको लामो यात्रा त्यो पनि महिनौँ काठमाडौँमा बसेर प्रतियोगितामा भिडन्त गरिरहेका बाल गायक आदित्यले आफ्नो जादुमयी स्वरको कमाल देखाएकै छन् ।

आदित्यको गायन यात्रामा जजहरु न्ह्यू बज्राचार्य, कालिप्रसाद बास्कोटा र इन्दिरा जोशी भावुक नबनेको पल नै छैन । हरेक एपिसोडमा जज र जुरीहरुले आदित्यलाई स्याब्बासी दिँदै उनको काँधमा ढाप मारेकै हुन्छन् । र त आदित्यले फाइनलसम्मको यात्रा चुम्न सफल भएका छन् ।

यसअघि भारतको संगीतको रियालिटी शो सारेगमप लिटल च्याम्प्समा भिडेका आदित्यले चर्चा बटुल्न सफल भए । तर उक्त समयमा उनी निकै सानो उमेरका भएका कारण पनि प्रतिस्पर्धाको अन्तिम चरणसम्म पुग्न सकेनन् ।

आफ्ना बाबुसँग सारेगमप लिटल च्याम्प्स नेपालको प्रतिस्पर्धाका लागि काठमाडौँ आएका यी बाल प्रतिभाले आँफूले उपाधि जितेको खण्डमा भोलिका दिनमा नेपाली गीत संगीतलाई थप उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै