१३ चैत , काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य विजकुमार यादव कांग्रेसमा प्रवेश गरेका छन् ।
सभापति शेरबहादुर देउवाले केन्द्रीय पार्टी कार्यालयमा उनलाई पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेशपछि बोल्दैछ यादवले नेपाली कांग्रेस लोकतन्त्र स्थायित्व दिने एकमात्र पार्टी भएको यो पार्टीमा प्रवेश गरेको बताए । उनले भने, ‘नेपाली कांग्रेस लोकतन्त्र स्थायित्व दिने एकमात्र पार्टी भएकोले काग्रेस प्रवेश गरेको हुँ।’




