Comments Add Comment

Advertisment

SKIP THIS

प्रचण्डले मन्त्री सिफारिस गरेका हुन्, विरोधको तुक छैन : कार्चेन लामा

२२ माघ , काठमाडौ । कर्णाली प्रदेशमा हुम्लाका गैरसांसद छिरिङ दमदोल लामा (कार्चेन) लाई मन्त्री बनाउन खोजेपछि माओवादी केन्द्रमा असन्तुष्टि देखिएको छ ।

तर पार्टी अध्यक्ष पुष्पकमकल दाहाल प्रचण्डकै जोडबलमा मन्त्री बन्न लागेका लामा भने ढुक्क छन् । भन्छन्, ‘विरोध गर्नुको कुनै तुक छैन ।’

न्युज ग्यालेक्सी सँगको कुराकानीका क्रममा उनले मूर्ति चोरीको मुद्दामा जेय सजाय भोगेको स्वीकार गरे । तर कांग्रेसीहरुले फसाएको र यो सजय भोगेका कारण नैतिक आचरणमाथि प्रश्न नउठ्ने दाबी गरे ।

प्रस्तुत छ, हुम्लाका लामासँग न्युज ग्यालेक्सीकर्मी यज्ञ खत्रीले गरेको कुराकानीको सम्पादित अंश ?

तपाईंको नाम सिफारिस भएपछि गैरसांसदलाई मन्त्री बनाउन लाग्यो भनेर माओवादीमै विरोध भएको थाहा पाउनु भएको छ रु दुईरतीन जना साथीहरुले गर्नु स्वाभाविक हो । तर मलाई पार्टीको उच्च नेतृत्व, स्वंयम कमरेड प्रचण्डले मन्त्री बनाउन सिफारिस गर्नुको कारण खोज्नुपर्छ, मेरो राजनीतिक योग्दान हेरिनुपर्छ ।

म २०४५ सालदेखि निरन्तर कम्युनिष्ट आन्दोलनमा छु, संयुक्त जनमोर्चा हुँदै अहिले माओवादी केन्द्रमा छु । म हुम्लाको पहिलो माओवादी हुँ । निर्विरोध गाविस उपाध्यक्ष भएको मान्छे हुँ ।

द्वन्द्वका बेला तत्कालीन माओवादी नेताहरु मोहन बैद्य किरण, डा।बाबुराम भट्टराई, पोष्टबहादुर बोगटी, विप्लव, जनादर्शन शर्मालगायतलाई भूमिगत ढंगबाट पालेको छु । एउटा इमान्दार र जिम्मेवार सिपाहीका रुपमा पार्टीप्रति प्रतिवद्ध छु । मेरो लगानी, इमान्दारिताको कदर गर्दै प्रदेश, जिल्लाको नेतृत्व र हुम्ली जनताको मागलाई सम्बोधन गर्न अध्यक्ष कमरेड प्रचण्डले मन्त्रीमा सिफारिस गर्नुभएको हो । यसमा कसैले गुनासो राखेका छन् भने मलाई मतलब छैन ।

गैरसांसद जम्मा ६ महिना मन्त्री हुनसक्छ । त्यतिबेलासम्म कि प्रदेशसभा सदस्य हुनुपर्‍यो, नभए राजीनामा दिनुपर्छ । ६ महिना मन्त्री हुन किन यति जोड त ?

६ महिनासम्म गैरसांसद मन्त्री बन्न पाउने व्यवस्था संविधानमै गरिएको छ । त्यहीअनुसार म मन्त्री बन्न लागेको हुँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै