Comments Add Comment

Advertisment

SKIP THIS

अनलाइनमार्फत महिलालाई यौन व्यवसायमा लगाउने नाईके सुरेश र सुरजलाई प्रहरीले पक्राउ

काठमाडौँ । विभिन्न सामाजिक सञ्जाल अर्थात अनलाइन माध्यम प्रयोग गरेर यौन व्यवसायमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरु यस्तो कार्य गराउने कार्यमा संलग्न ‘नाइकेहरु’ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा काभ्रेका सुरेश कुमार श्रेष्ठ र काठमाडौँको कलंकीका सुरज खड्का रहेका छन् ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । यसअघि पनि प्रहरीले सो कार्यमा संलग्न ५ जनालाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै