Comments Add Comment

पिकअप गाडीमा गाँजा ओसार पसार गर्दै गर्दा प्रहरीले दुई जनालाई पक्राउ

मकवानपुर। मकवानपुरमा प्रहरीले पिकअप गाडीमा गाँजा ओसार पसार गर्दै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ ।

पूर्वपश्चिम राजमार्गको हेटौडा उपमहानगरपालिका–१५ रातोमाटे चेक प्वाईन्टमा हेटौडा तर्फबाट बिरगंज तर्फ जादै गरेको बा १२ च ९७४२ नम्वरको पिकअप भ्यान चेकजाँच गर्ने क्रममा ७० किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाँउपालिका-५ बस्ने बर्ष २२ का सन्देश प्रजा र सोही ठाँउका बर्ष ३४ का युबराज प्रजा रहेका छन् ।

उनीहरुले पिकअप गाडीको गाडीको ढाला र क्याबिन मुनी ११ वटा पोकामा लुकाएर गाँजा ल्याएका थिए ।

प्रहरीले उक्त पिकअप गाडीलाई रोक्न खोज्दा भित्री सडक खण्ड तर्फ भाग्ने क्रममा चालक फरार भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै