२२ माघ , काठमाडौ । ‘हाम्रो वडाचौर राम्रो वडाचौर’ भन्ने मुल नाराका साथ वडाचौर क्षेत्रमा दुई दिने सरसफाई कार्यक्रम सम्पन्न भएको छ । लुङग्री-५ र सुनिलस्मृती-३ रुइनिवाङका युवा तथा बुद्दिजिबि समाजसेवी, शिक्षक, विद्यार्थी लगाएत करिब पचास जनाको सहभागितामा रहेको स्थानिय युवा दिपक बिष्टले बताए।

२०४६ सालसम्म संचालित रोल्पाको लुङगरि गाउँपालिकामा रहेको जिल्लाको एकमात्र बिमानस्थल संरक्षणमा सरकारी उदासिनताले गौचरण र फोहोर मैदानमा परिणत भएको छ । एतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिकोणबाट जिल्लाकै महत्त्वपूर्ण गन्तब्यको रुपमा रहेको वडाचौर क्षेत्रमा आगन्तुक पर्यटक र मङ्सिर पुर्णिामामा लाग्ने मेलाका कारण फोहोरमय बनेको हो ।

प्राकृतिक रुपमा सुन्दर देखिएपनी फोहोर ब्यबस्थापन नहुदा डम्पिङ साइड झै देखिने वडाचौर क्षेत्र हिजोआज भने मुहार फेरिदै गएको छ । स्थानीय सरकारको ध्यान नपुगेपछी लुङगरि (५ र सुनिलस्मृती – ३ का केही युवाहरु मिलेर वडाचौर क्षेत्रको फोहोर संकलन गरि उचित ब्यबस्थापन गरेका छन ।
‘वराहक्षेत्र मेला ब्यस्थापन समिति, स्थानीय सरोकारवालाको ध्यानाकर्षण गराउदापनी कुनै प्रतिक्रिया नाअएपछी हामी सामाजिक संजालमा आवहान गर्यौ र समूह बनाएर ब्यस्थापन गर्न सफल भयौं’ स्थानिय युवा तथा समाजसेवी बम बहादुर केसिले जानकारी दिए।
वडाचौर क्षेत्र आन्तरिक पर्यटकको गन्तब्य बन्दै गएको र धार्मिक मान्यतालेपनि उत्तिकै महत्त्वपूर्ण रहेकाले यसको संरक्षणमा ध्यान दिएर, वराह क्षेत्रको अस्तित्व समाप्त हुनेबाट जोगाउन यस कार्यक्रमको आयोजना गरिएको भन्दै सम्बन्धित निकायलाई सलिक बिष्टले ध्यानाकर्षण गराए भने समाज परिवर्तनकोलागी थोरै प्रयास भएपनी समाजकालागी ठुलो योगदान हुने र आगामी दिनहरुमा सामाजिक कामकालागी यसरी नै एकजुट भएर योगदान पुर्याउने भन्दै श्याम कुमार क्षेत्रीले प्रतिबद्धता व्यक्त गरेका थिए।







