अवरुद्ध त्रिभुवन राजपथ सञ्चालनमा -
Comments Add Comment

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालनमा

२३ माघ , काठमाडौं । हिमपातका कारण दुई दिनदेखि अवरुद्ध त्रिभुवन राजपथ आज बिहानैबाट सञ्चालनमा आएको छ । थाहा नगरपालिकाको दामन, सिम्भञ्ज्याङ तथा अघोर क्षेत्रमा सडक ढाक्ने गरी डेड फिटसम्म हिउँ परेपछि शुक्रबार र शनिबार राजमार्ग अवरुद्ध बनेको थियो ।

जेसिबी प्रयोग गरी सडकमा जमेको हिउँ हटाइ सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । सडक सञ्चालन भएसँगै काठमाडौँबाट हेटौँडातर्फ र हेटौँडाबाट काठमाडौँतर्फ जाने सवारी पुन: सञ्चालनमा आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै