११ असार , काठमाडौ । माननीय सांसदज्यूहरु , जसरी अहिले जेवी राइको विषयले संसदमा हंगामा मच्चाउनु भएको छ वास्तवमा त्यो रकम करिब केही करोडको हाराहारीमा होला ल्याउनु पर्छ तर त्यस्तै हंगामा अन्य भ्रष्टाचारको मुद्वा वाइडबडी, कलकारखाना बेचबिखान, बालुवाटार कान्ड !
मातातिर्थ कान्ड, सालिनदी पारीको ६४ रोपनी जग्गा कान्ड, मेडिकल कलेजको घोटाला कान्ड, गोकर्ण कान्ड, मेलम्ची कान्डलगाएत पूर्वतिरका, तराइ साइकल कान्ड, प्रदेश तथा स्थानीय निकायका गिटीबालुवा कान्डबारे सवैको लागि घोक्रो फुलाउन के ले रोक्यो ?
कि आफू जाने खाल्डो किन खन्ने भन्ने मन्साय हो कि ? अन्यथा सत्ताको लोभ या ब्यक्तिगत रिसिइवी ?
कि राजनीतिक अस्थीरता निम्त्याइयो भने धमिलो पानीमा माछा मार्न पाइन्छ भनेर त होइन ? अन्यथा यो रोइलो देशको चिन्तनले या सत्ताको भोकमरी या ८४ को चिन्ता ?
अन्यथा कान्डैकान्डले भरिएको यो देशको प्रशासन तथा घृणित राजनीतिक बृत्तवारे समग्रमा बोल्ने को ?






