८ साउन , काठमाडौ । पूर्वमन्त्री तथा सांसद वीरेन्द्र महतोले छोराको प्रमाणपत्र समकक्षता प्रमाणीकरणका लागि घुस दिनुपरेको घटनालाई लिएर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।
शिक्षामन्त्री विद्या भट्टराईले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशकको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेकी हुन् ।
यसअघि जसपा नेपालका सांसद महतोले आफूले छोरोको सर्टिफिकेट प्रमाणित गर्न शिक्षा मन्त्रालयअन्तर्गत सानोठिमीको एक कार्यालयमा ५ हजार रुपैयाँ घुस दिएको आइतवार संसदमा बताएका थिए ।




