Comments Add Comment

Advertisment

SKIP THIS

बलेफी हाइड्रोपावरमा आईपीओ खुला

१६ चैत , काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले आजबाट धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

कम्पनीको कुल सार्वजनिक निष्कासनमध्ये ४ प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको छ । बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता सेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ छिटोमा चैत २१ गते र ढिलोमा चैत ३० गतेसम्म भर्न सकिनेछ । न्यूनतम १० र अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

सुपर मादी हाइड्रोको आईपीओ खुला

सयपत्री हाइड्रोपावरको आईपीओ खुला

Advertisment

छुटाउनुभयो कि? सबै

सयपत्री हाइड्रोपावरको आईपीओ खुला

सुपर मादी हाइड्रोको आईपीओ खुला