सुपर मादी हाइड्रोको आईपीओ खुला -
Comments Add Comment

सुपर मादी हाइड्रोको आईपीओ खुला

९ माघ , काठमाडौ । सुपर मादी हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो ।

आईपीओमा लगानीकर्ताले आउँदो माघ १२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीले जारी पुँजी दुई अर्ब १० करोडको १० प्रतिशत अर्थात् २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्ने निर्णय गरेको थियो । त्यसमध्ये दुई लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीलाई बाँडफाँट गरिसकेको छ ।

यस्तै, सामूहिक लगानी कोषलाई एक लाख पाँच हजार कित्ता सेयर बाँडफाँट गरिसकेको छ । आयोजना प्रभावित स्थानीयलाई पनि १० लाख ५० हजार कित्ता सेयर बाँडफाँट गरिएको छ ।

४२ हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्ट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी १७ लाख ३३ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

सयपत्री हाइड्रोपावरको आईपीओ खुला

बलेफी हाइड्रोपावरमा आईपीओ खुला

Advertisment

छुटाउनुभयो कि? सबै

सयपत्री हाइड्रोपावरको आईपीओ खुला

बलेफी हाइड्रोपावरमा आईपीओ खुला


This will close in 20 seconds