Comments Add Comment

Advertisment

SKIP THIS

आरजु राणा कैलाली-५ बाट सिफारिस

१६ भदौ , काठमाडौ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आरजु राणा प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली क्षेत्र नं. ५ बाट उम्मेदवार चयनका सिफारिस भएकी छन् ।

बुधबार क्षेत्र नं. ५ प्रदेश सभा क्षेत्र (क) र (ख) क्षेत्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली-५ बाट नेतृ राणको नाम एकल सिफारिस गर्ने निर्णय गरेका हुन्। प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

बुधबार दुवै प्रदेशबाट प्रतिनिधिसभाका लागि राणाको मात्रै नाम सिफारिस भएर आएको कैलाली-५ का सभापति भीम पडालले बताए । क्षेत्रीय कार्यसमितिमा पनि राणाको नाम सिफारिस गर्न दबाब छ ।

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पत्नीसमेत रहेकी राणा ०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवार थिइन् ।उनी वाम गठबन्धनका नारदमुनि रानासँग पाँच हजार बढी मतान्तरले पराजित भएकी थिइन् ।

वाम गठबन्धनका उम्मेदवार रानाले २७ हजार २०२ मत ल्याएका थिए भने आरजु राणाले २२ हजार ३२२ मत पाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment