Comments Add Comment

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ। काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा दाहालको निधन भएको हो।

प्रधानमन्त्री प्रचण्डनिकट स्रोतले दाहालको निधन भएको जानकारी दिएको छ। ‘उहाँ (सीता दाहाल)को निधन भएको भनेर चिकित्सकले परिवारलाई जानकारी दिइसकेका छन्,’ स्रोतले नेपाल लाइभसँग भन्यो।

चिकित्सकहरुका अनुसार दाहालको बुधबार बिहान ८:३३ बजे निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि दाहाललाई बुधबार बिहान अस्पताल पुर्‍याइएको थियो।

दाहाल लामो समयदेखि प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) नामक रोगबाट पीडित थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै