Comments Add Comment

नक्कली नोटसहित बाराबाट प्रहरीले पाँच जनालाई पक्राउ

जिल्ला प्रहरी कार्यालय बाराले एक हजार दरका ६१ थान नक्कली नेपाली नोटसहित पाँचजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारा परवानीपुर गाउँपालिका– ५ का सुमित साह, सोही ठाउँ बस्ने सन्तोष पटेल, पर्साको वीरगन्ज महानगरपालिका– १० का विशालकुमार श्रीवास्तव, सोही ठाउँ बस्ने नीरज श्रीवास्तव र सर्लाहीको चन्द्रनगर गाउँपालिका निवासी ४४ वर्षीय रामचन्द्र महतो कोइरी रहेका छन्।

विशेष सूचनाको आधारमा उनीहरूलाई नक्कली नोटको कारोबार गरिरहेको अवस्थामा विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

उनीहरूको साथबाट एक हजार दरका ६१ थान नक्कली नोट र भारतीय सीमकार्डसहितको मोबाइल सात थान बरामद भएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै