Comments Add Comment

Advertisment

SKIP THIS

सिंहदरबार क्षेत्रमा ‘कालो बेलुन’ उडाउने युवा संघका नेता पक्राउ

२३ माघ ,काठमाडौं । तत्काल स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न माग गर्दै एमाले निकट युवा संघले सिंहदरबार परिसरमा कालो बेलुन उडाएर प्रदर्शन गरेको छ ।

निर्वाचनको मिति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउन भन्दै युवा संघले निषेधित क्षेत्र सिंहदरबार परिसरमा कालो बेलुन उडाएर प्रदर्शन गरेको हो ।

निषेघित क्षेत्रमा नै युवा संघका कार्यकर्ता बिरोधमा उत्रिएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो क्रममा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्यहरु गणेश थापा, जयराम लामा, अजित लामा पक्राउ परेका छन् ।

स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न माग गर्दै एमाले निकट जनसंगठनहरुले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै