Comments Add Comment

Advertisment

SKIP THIS

तारा एयरकाे विमानमा ज्यान गुमाउनेकाे शव काठमाडौ ल्याईदै (फाेटाे फिचर)

१६ जेठ , काठमाडौं । मुस्ताङमा तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको शव काठमाडौं ल्याइने भएको छ । सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरेस्थित मानापाथी हिमालको फेदीमा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेपछि उद्दार कार्य तिब्र गरिएको छ ।

दुर्घटना भएको ठाउँमा १४ जनाको शव भेटिएको छन भने दुईवटा शव जहाजले थिचेको अवस्थामा भेटिएको छ । शव निकाल्दा जहाज पहाडबाट खस्न सक्ने हुनाले सुरक्षाकर्मीहरुले सुरक्षित रुपमा निकाल्ने प्रयास गरिरहेका छन् ।

शव काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिने प्रहरी प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले न्युज24ग्यालेक्सी लाई बताए । आइतबार पोखराबाट जोमसोमका लागि उडेको ट्विनअटरमा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए । तारा एयरका अनुसार विमानमा भारतीय ४ जना, नेपाली १३ जना र जर्मन नागरिक २ जना सवार थिए । बिहान १० बजेर ७ मिनेटमा म्याग्दीको शिख नजिकको आकाशबाट विमान सम्पर्कविहीन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै