२३ माघ,काठमाडौं । मकवानपुरको नेवारपानीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००२ प ६८८० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको एनएल-१ एन २९९९ नम्बरको भरतीय नम्बर प्लेटको ग्यास बुलेटले ठक्कर दिँदा स्कुटर चालक हैटौंडा–१० टिसिएन रोड बस्ने अन्दाजी ५१ वर्षका बुद्धिबहादुर श्रेष्ठ ९जेठा दाई०को मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाइएको छ । ठक्कर दिने ग्यास बुलेट र चालक प्रहरीको नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







