Comments Add Comment

Advertisment

SKIP THIS

कुनै सैन्य सम्झौता हुँदैन : प्रचण्ड

२ असार , काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले कुनै सैन्य सम्झौता नगर्ने बताएका छन् ।

आज पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले अरू देशसित कुनै सैन्य सम्झौता गर्ने पक्षमा आफूहरू नरहेको बताएका हुन् ।

उनले भने, “एसपीपी भन्ने हुँदै छ रे, सैन्य सम्झौता हुँदै छ रे भनेर प्रचार गरिएको छ, विल्कुल झुटो हो, “म गठबन्धनको एउटा नेताको हैसियतले र प्रधानमन्त्रीसँग र गठबन्धनमा हाम्रो भएको छलफलमा त्यस्तो कुनै सम्झौता भएको छैन । त्यस्तो कुनै सैन्य सम्झौता हुने छैन, यो घोषणा म यहाँबाट गर्न चाहन्छु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै