२४ माघ, बाँके । बाँके प्रहरीले अबैध रुपमा भन्सार छली ल्याउदै गरेको सामानहरु पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं.१५ स्थित भारतबाट भन्सार छली ल्याएको लत्ता कपडा, धाराको सामान लगायतका विभिन्न सामानहरु अन्दाजी एक लाख तेत्तिस हजार सात सय साठी रुपैया बराबरको सामान बरामद गरेको हो ।

प्रहरीले बरामदका सामान थप आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको छ ।




