Comments Add Comment

Advertisment

SKIP THIS

कपनबाट ब्राउन सुगरसहित दुई पक्राउ

२४ माघ, काठमाडौं । प्रहरीले लागूऔषध ब्राउन सुगरसहित  काठमाडौंको कपनबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–१० कपन आकाशे धारा बस्‍ने २२ वर्षीय पासाङ छिरिङ शेर्पा र भिमदत्त नगरपालिका महेन्द्रनगर स्थाई घर भई बुढानिलकण्ठ नगरपालिका १० कपन आकासे धारा बस्‍ने २७ वर्षीय खगेस खत्री रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले उनीहरूलाई सोमबार ६ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत बौद्धले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै