Comments Add Comment

Advertisment

SKIP THIS

सभामुखलाई महाअभियोग लगाउन एमाले तयार : महेश बस्नेत

२५ माघ , काठमाडौं । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाअभियोगको प्रस्ताव पनि दर्ता हुनसक्ने टिप्पणी गरेका छन् ।

आज राजधानीमा अयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले सभामुखले आफ्नो कदम नसच्याए महाअभियोग ल्याउनसक्ने एउटा परिस्थिति सिर्जना हुने बताए । बस्नेतले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउनको लागि आफूहरु सय जना सांसद जुनसुकै बेला हस्ताक्षर गर्न तयार रहेको पनि बताए ।

सभामुखले सदनमा अभिभावकिय भूमिका निर्वाह गर्नसक्नुपर्ने उनको भनाइ थियो । त्यस्तै उनले सवैको दवावका कारण सरकारले बैंशाखमा नै स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको भन्दै यसलाई सफल बनाउनुपर्ने बताए ।

बस्नेतले सत्ता पक्ष र सरकारले धारणा बनाएपछि मात्रै एमालले एमसीसीका बारेमा धारणा तय गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै