२५ माघ, काठमाडौं । प्रहरीले स्रोत नखुलेको ७० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका–३ का २९ वर्षीय नवराज ढुंगानालाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको विशेष टोलीले उनलाई मंगलबार बालाजु बाइपासबाट पक्राउ गरेको कार्यालयका प्रमुख एआईजी हरिबहादुर पालले जानकारी दिए ।
उनका अनुसार ढुंगानाले हुण्डीको रकम बोकेर हिँडेको पाइएको छ । उनलाई जापान बस्ने एक युवकले रकम दिन भनेका थिए । ढुंगानामाथि थप कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, बालाजु बुझाइएको छ । ढुंगानामाथि थप अनुशन्धान भइरहेको छ ।


