Comments Add Comment

Advertisment

SKIP THIS

सबै नागरिकलाई छिट्टै कोरोनाविरुद्धको बुस्टर डोज दिइने : स्वास्थ्यमन्त्री

२६ माघ , काठमाडौं । स्वास्थ्यमन्त्री विरोध खतिवडाले सबै नागरिकका लागि छिट्टै कोरोनाविरुद्धको बुस्टर डोज दिइने बताएका छन् ।

बुधबार मन्त्रालयमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुको ज्ञापन पत्र बुझ्दै मन्त्री खतिवडाले अहिले अग्रपङ्तीमा काम गर्नेलाई दिइएरहेको बुस्टर डोज केहि दिनभित्रै सवै नागरिकका लागि प्रदान गर्ने बताए ।

मन्त्री खतिवडाले विद्यार्थीका लागि पनि खोप प्रदान गर्ने काम सुरु भइरहेको भन्दै यसलाई प्रभावकारी बनाउने बताए । त्यस्तै उनले कोरानाविरुद्धको थप खोप ल्याउने क्रममा रहेको भन्दै खापको अभाव हुन नदिने बताए ।

विपन्न बर्गका लागि स्वास्थ्य उपचार निशुल्क नै रहेको भन्दै सर्वसाधारणमा जानकारी नहुदा प्रभावकारी हुन नसकेको उनले बताए ।

अनेरास्ववियुले सरकारी र सामुदायिक अस्पतालमा विद्यार्थी, किसान, मजदुर लगाएत आर्थिक अभाव भएका नागरिकको उपचारमा चेकजाँच दर्ता निशुल्क बनाएर सहज उपचार गर्ने वातावरण बनाउन माग गर्दै मन्त्री खतिवडालाई ज्ञापन पत्र बुझाएको अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै