Comments Add Comment

Advertisment

SKIP THIS

आगलागीबाट ८४ लाखको क्षति

०१ फाल्गुण , काठमाडौं । त्रियुगा नगरपालिका–१२ त्रियुगा बसपार्कनजिक विद्युत सर्ट भई आइतबार बिहान आगलागी हुँदा एक घर तथा तीन वटा पसल जलेर नष्ट भएको छ ।

त्रियुगा नगरपालिका-१२ त्रियुगा बसपार्कस्थित बाबुराजा प्रजापतिको घर र त्यसमा रहेका तीन वटा पसल जलेर खरानी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रजापतिको घरमा पसल गर्ने मदन साहको किराना पसल, जनक मगरको स्टिकर पसल र सरोज रेग्मीको मोटर पार्टस पसल जलेर नष्ट भएको हो ।

आगलागीबाट साहको ४० लाख, मगरको ११ लाख, रेग्मीको २५ लाख र प्रजापतिको आठ लाख गरी ८४ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आइतबार बिहान १ : ३० बजेको समयमा आगलागी भएको खबरलगत्तै खटिएको सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहगोगमा करिब तीन घण्टापछि आगो नियन्त्रण नियन्त्रणमा लिएको थियो । आगो नियन्त्रणमा त्रियुगा, चौदण्डिगढी नगरपालपका र रौतामाई गाउँपालिकाको दमकल प्रयोग भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै