Comments Add Comment

Advertisment

SKIP THIS

पाकिस्तानसँगको हारपछि निशानामा अर्शदीप

२० भदौ , काठमाडौं । भारत र पाकिस्तानबीचको क्रिकेट खेललाई दुवै देशका समर्थकले निकै चासोका साथ हेर्ने गर्छन् । त्यसैले हार्ने टोलीका कुनै पनि खेलाडीको एउटै गल्ती सामाजिक सञ्जालमा चर्चाको केन्द्र बन्छ । कहिलेकाहीँ त्यो खेलाडीले व्यक्तिगत आक्रमणको सामना गर्नुपर्ने हुन्छ।

दुबईमा जारी एसिया कपको सुपर ४ खेलमा पाकिस्तानले भारतलाई ५ विकेटले पराजित गरेको छ । पाकिस्तानसँगको खेलमा भारतको हारपछि सामाजिक सञ्जालमा यसपटक अर्शदीप सिंहलाई निशाना बनाइएको छ । तर, धेरै ठूला हस्तीहरूले अर्शदीपको बचाउ गरेका छन् ।

खेल निकै रोमाञ्चक मोडमा थियो । जुनसुकै टोलीले जित्न सक्छ भन्ने लाग्थ्यो ।

१८ औं ओभरमा कप्तान रोहित शर्माले रवि विष्णोईलाई बलिङ गर्न लगाए । त्यतिबेला पाकिस्तानलाई १५ बलमा ३१ रन आवश्यक थियो । १७औँ ओभरमा खतरनाक देखिएका मोहम्मद रिजवानलाई हार्दिक पाण्ड्याले आउट गरेका थिए । अब खेल भारतको पक्षमा मोडिएको हो कि भन्ने देखिएको थियो ।

रवि विष्णोईको अगाडि पाकिस्तानका खुशदिल शाह र आसिफ अली थिए । रवि लाइन र लेन्थसँग संघर्ष गर्दै थिए। दुई वाइड बल फालिसकेका थिए । रविको तेस्रो बलमा आसिफ अलीले हावामा खराब शट खेले । बल थर्ड म्यान फिल्डर अर्शदीपकोमा पुग्यो । यो एक साधारण क्याच थियो।

अर्शदीप पनि क्याच लिनमा पूर्ण विश्वस्त देखिन्थे तर बल उनको हातबाट चुक्यो। क्याच छुटेपछि रोहित शर्मा पनि रिसाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै