Comments Add Comment

Advertisment

SKIP THIS

महाकाली नदीबाट महिलाको उद्धार

०१ फाल्गुण , काठमाडौं । दार्चुलाको खलंगास्थित महाकाली नदीमा फसेकी महिलाको उद्धार गरिएको छ ।

आइतबार बिहान महाकाली नदी किनारमा बालुवा निकाल्न गएकी स्थानीय २४ वर्षीया लिला ओडलाई महाकाली नदीले बगाएको थियो । बगाउँदै गदाँ नदीको बीचमा एउटा ढुङ्गामा उत्रिन सफल भएपछि ओड बीच नदीमा अड्किएकी थिइन् ।

प्रहरीले महिलाको सकुशल उद्धार गरेको छ । उद्धार गरी ओडलाई जिल्ला अस्पताल दार्चुला पुगाइएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment