२ फागुन, काठमाडौ । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले एमालेकै नेता खजराज अधिकारीलाई जिम्मेवारीबाट तत्तकाल मुक्त गर्न ७ बुँदे माग गर्नुभएको छ ।
१. पार्टीको जन बर्गीय संगठनहरु राजनैतिक रुपमा नेकपा (एमाले) लाइन र निर्देशनमा र सांगठनिक रुपमा आफ्नै बिधान र स्वायत्त ढङ्गले अगाडी बढ्ने गर्दछन् ।
२. पार्टीको सचिवालयको बैंठकले जन संगठन संयोजन संयन्त्रले कार्यबिधि पारित गरिसकेपछि सो संग बाझिने गरी केन्दीय कमिटी र पदाधिकारी बनाउन निर्देशन गर्ने अधिकार तपाँईलाई कसले दियो ?
३. युवा संघले सचिवालयको अधिकारिक निर्णयबाट भएका फैसला र जिम्मेवारी पाएका साथीहरुलाई फरक निर्णय गर्ने जिम्मा कसले दियो ?
४. संगठनको इन्चार्ज , अध्यक्ष समेतसंग परामर्श नगरी संगठनको बारेमा बिभागको आडमा आदेश दिने न्यायपालिकीय अधिकार कसले दियो ?
५. एमाले बिरुद्ध चौतर्फी आक्रमण भैरहेको बेलामा आन्दोलनको मोर्चा सशक्त ढंगले सम्हालिरहेको युवा संघ माथी अराजकता हाबी हुने र बिरोधीहरुको हौसला बढ्ने गरी फैसला किन गर्नु भयो ?
६. छोटो समयको अनुभवबाट भन्न सकिन्छ तपाई संगठन बिभाग चलाउन सक्ने ब्यक्ति होइन् ।
७. तसर्थ क.खगराज अदिकारीलाई संगठनको जिम्मेवारीबाट तत्काल मुक्त गर्न पार्टी नेतृत्वसंग माग गर्दछु ।







