Comments Add Comment

Advertisment

SKIP THIS

ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

फागुन २, चितवन । मुग्लिन–नारायणगढ सडकखण्डमा आज ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ भुवनबस्तीकी ३१ वर्षीया अम्बिसा गुरुङ रहेकी छन् ।

घाइते हुनेमा उनका श्रीमान् ३५ वर्षीय मीनराज र छोरी ९ वर्षीया खुस्बु रहेकी छन् । कार्यालयका अनुसार मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना७ ख ८१४१ नंको तेल बोक्ने ट्याङ्करले नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना३२प ८२४८ नंको मोटरसाइकललाई जलबिरेमा ठक्कर दिएको थियो ।

अम्बिसाको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । घाइते दुईजनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै