Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी परिसर भक्तपुरमा २७ वर्षदेखि राखिएका मूर्तिहरू पुरातत्त्व विभागलाई हस्तान्तरण

०३ फाल्गुन , काठमाडौं । महानगरीय प्रहरी परिसर भक्तपुरमा २७ वर्षदेखि राखिएका मूर्तिहरू पुरातत्त्व विभागलाई हस्तान्तरण गरिएको छ । सोमबार परिसरमा आयोजित एक कार्यक्रमकाबीच भक्तपुर प्रहरी प्रमुख शिव कुमार श्रेष्ठले विभागकी पुरातत्त्व अधिकृत सबिता न्यौपानेलाई २४ थान मूर्ति हस्तान्तरण गरेका हुन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरले विभिन्न समयमा, विभिन्न ठाउँबाट बरामद गरेका माटो, ढुङ्गा, ढलोट, काठले बनेका मूर्ति पुरातत्त्व विभागलाई हस्तान्तरण गरिएको हो । वि.स २०५१ साल साउन ३० गते भक्तपुर नगरपालिका वडा नम्बर १३ बाट चोरी भएको ढलोटबाट बनेको सिंहको आकार जस्तो देखिने मूर्ति, २०५४ साल मङ्सिर २३ गते दुवाकोट गाविसमा बेवारिसे अवस्थामा फेला परेको लक्ष्मी र नारायणको मूर्ति रहेको छ । त्यसैगरि अन्य मूर्तिमा मध्यपुरथिमी, बागेश्वरी, भक्तपुर नगरपालिका डेकोचाबाट फेला पारेका मूर्तिलगायत जिल्लाका विभिन्न स्थानमा फेला परेका २४ थान मूर्ति रहेको परिसरका एसपी श्रेष्ठले जानकारी दिए । विभागकी पुरातत्त्व अधिकृत न्यौपानेले प्राप्त मूर्तिलाई छाउनीमा स्थिति सङ्ग्रहालयमा सुरक्षित गरी राखिने बताइन् ।

कुनै स्थानका स्थानीयहरूले आफ्नो ठाउँबाट मूर्ति हराएको प्रमाणसहित आएमा फिर्ता गरिने समेत न्यौपानेको भनाई रहेको छ । प्रहरीका उपत्यकामा रहेका काठमाडौँ र ललितपुर परिसरले पनि कार्यालय फेला पारेका मूर्तिहरू यसरी नै विभागलाई बुझाउने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै