Comments Add Comment

Advertisment

SKIP THIS

रोनाल्डोको गोलमा युनाइटेड शीर्ष चारमा उक्लियो

४ फागुन, एजेन्सी । ब्राइटनविरूद्ध २(० अन्तरको जितसँगै म्यानचेस्टर युनाइटेड इग्लिस प्रिमियर लिग फुटबलको शीर्ष चारमा उक्लिएको छ । बुधबार बिहान भएको खेलमा क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नाण्डेजको गोलसँगै १२औं जित निकालेको युनाइटेड शीर्ष चारमा उक्लिएको हो।

१० खेलाडीमा सिमित ब्राइटनविरूद्ध रोनाल्डोले ५१औं मिनेटमा अग्रता दिलाए । ब्रुनोले ७ मिनेटको इन्जुरी समयमा गोल थप्दै घरेलु मैदानमा सहज जित दिलाए । खेलको ५४औं मिनेटमा लेविस डुन्कले रातो कार्डको सामना गर्दा भ्रमणकारी टोली ब्राइटन १० खेलाडीमा सीमित रह्यो ।

जितसँगै युनाइटेड २५ खेलबाट ४३ अंक सहित चौथो स्थानमा उक्लियो । ब्राइटन २४ खेलबाट ३३ अंकसहित नवौं स्थानमा छ । २५ खेलबाट ६३ अंक बनाएको सहरी प्रतिद्वन्दी म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै