Comments Add Comment

Advertisment

SKIP THIS

बाइडेनले भने- ‘युक्रेनमा रुसी आक्रमणको सम्भावना टरेको छैन’

४ फागुन, काठमाण्डौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि रुसी हमलाको सम्भावना टरि नसकेको बताएका छन् ।

रुसले युक्रेनको सीमाबाट केही सेना फिर्ता गरे पनि राष्ट्रपति बाइडेनले रुसी हमलाको सम्भावना अझै नहटेको दाबी गरेका हु्न्।

सीमाबाट केही सेना फर्किएको पुष्टि हुन बाँकी नै रहेको बताउँदै उनले भने, ‘विश्लेषकहरूले संकेत गरेका छन् की रुसी सेना धेरै धम्कीपूर्ण स्थितिमा रहन्छन् । ’

अमेरिका ठूलो मात्रामा प्रतिबन्धहरू लगाउन तयार रहेको बताउँदै बाइडेनले वासिंगटनले ‘कूटनीतिलाई सफल हुने हरेक मौका दिने’बताए ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले रसियाली समकक्षी सर्गेइ लाभरोभसँगको टेलिफोन वार्तामा सीमामा प्रमाणित, विश्वसनीय, अर्थपूर्ण ‘डि–एस्केलेसन’हुन आवश्यक भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै