Comments Add Comment

Advertisment

SKIP THIS

नक्कली सुनको गहना बेच्ने पङ्कज कुमार गुप्ता पक्राउ

०७ फाल्गुन , काठमाडौं । प्रहरीले नक्कली सुनको गहना बेचेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिराहा कल्याणपुर घर बताउने बर्ष ३२ को पङ्कज कुमार गुप्ता रहेको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी उपरीक्षक दिनेश राज मैनालीले बताए ।

एसपीका अनुसार विशेष सूचनाको आधारमा महानगरी प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले फागुन ४ गते पङ्कज कुमार गुप्तालाई पक्राउ गरेको हो । पङ्कज कुमार गुप्ताको साथबाट प्रहरीले २ थान सुनको सिक्री, मोबाइल, सवारीचालक अनुमति पत्र बरामद गरेको छ ।

गुप्ताले ललितपुर सातदोबाटोस्थित बिनोद बिश्वकर्माले सञ्चालन गरेको ओम लक्ष्मी सुनचाँदी पसलमा एक/एक ९१/१० तोलाको सुनको सिक्री बेचेको प्रहरी समक्ष बयान दिएका छन् । पक्राउ परेका उनीमाथि ठगी मुद्दामा ५ को म्याद अनुमति लिई महानगरीय प्रहरी बृत्त महाराजगबाट थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै