Comments Add Comment

Advertisment

SKIP THIS

छेडाबजारमा सीसीटीभी क्यामेरा जडान

०८ फागुन , काठमाडौं । भेरी करिडोरअन्तरर्गत जाजरकोटको छेडाबजारमा सीसीटीभी क्यामेरा जडान गरिएको छ । सुर्खेत र जाजरकोट जिल्लाको सिमाना शिवालय गाउँपालिका –१ को छेडाबजारमा क्यामेरा जडान गरिएको हो ।

शिवालय गाउँपालिकाको पाँच लाख लागतमा क्यामेरा जडान गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार शाहीले बताएका छन् । जिल्लाको प्रमुख प्रवेशद्वारको रुपमा रहेको छेडा बजारमा विभिन्न अपराधिक घटनाहरू घटाइ जिल्ला बाहिरिने तथा प्रवेश गर्ने अपराधिक मनोवृतिका मानिस तथा सवारीसाधन निगरानी गर्ने गरी क्यामेरा जडान गरिएको अध्यक्ष शाहीले बताएका छन् ।

सीसीटीभी क्यामेराले पालिका र जिल्लाको शान्ति सुरक्षाको अवस्थामा सुधार ल्याउने विश्वास लिइएको अध्यक्ष शाहीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै